|  

गहना वशिष्ठले किन गरिन् त यस्ता न्यूड फोटोशुट ?

२७ भदौ, काठमाडौँ । व्यवसायी राज कुन्द्रा पोर्नोग्राफी केसमा गिरफ्तार भएका छन् । जुलाइमा उनलाई मुम्बइको क्राइम ब्रान्चले पोर्न भिडियो बनाएर बेचेको आरोपमा पक्राउ गरेको थियो । उनी अहिलेसम्म हिरासतमै छन् । यो केसमा अभिनेत्री गहना वशिष्ठ पनि मुछिएकी थिइन् । गहना पछि फोटोशुट र भिडियोका कारण चर्चा र विवादमा पर्छिन् । पछिल्लो समय गहनाले न्युड फोटोशुट गराएकी छिन् । उनले फोटोको साथमा लामो क्याप्सन पनि लेखेकी छिन् ।

क्याप्सनमा उनले यो फोटोशुटका क्रममा आफूले केही नपिएको र आफ्नो यौन शोषण पनि नभएको बताउँदै यो फोटोशुटको पैसा पनि आफूले समयमै पाएको बताएकी छिन् । उनका अनुसार यो फाटोसुट हयात रिजेंसीमा भएको थियो र फोटोशुटका क्रममा त्यहाँ करिब २० जना थिए । उनले आफू १८ वर्षभन्दा बढी उमेरकी भएको र सामान्य कलाकार भएको बताउँदै डेढ वर्षपछि यसको निर्मातामाथि धारा ३७०, ३७६ र ३५४ नलगाउन आग्रह गरेकी छिन् ।