|  

आफु सवैको मामा हुँ- हाँस्य कलाकार नेपाल

२७ भदौ, काठमाण्डौ । बरिष्ठ हाँस्य कलाकार शिवहरि नेपाल (बैरागी) ले आफुलाई सवैले लोके मामा भनेर सम्बोधन गर्ने बताएका छन् । हेडलाईन नेपालको हेडलाईन विषेशमा कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

जनताको पिर र मर्काको विषयमा आफुले बोलेर जनताले आफुलाई रुचाएको बताए । चार दशक देखि हाँस्य क्षेत्रमा लागिरहेका उनी नेपाली टेलिसिरियल ʻजिरे खुर्सानीʼ बाट चर्चित बनेका थिए । उनले २०३४ सालबाट आफुले हाँस्य क्षेत्र रोजेको बताए ।

आफुले महिलाको रोल गरेर आफु फस्ट भएको समेत सुनाए । उनले आफु रत्नपार्क र बाबुको चटकबाट प्रभावित भएर हाँस्य क्षेत्र रोजेको बताए । 

बाँकी भिडियोमा हेर्नुहोस ।