|  

असोज पहिलो सातादेखि विराटनगरमा स्कुल खुल्ने

२७ भदौ, काठमाण्डौ । विराटनगर महानगरपालिकाले असोज पहिलो सातादेखि विद्यालय सञ्चालन गर्ने आन्तरिक तयारी गर्दै छ ।

महानगरको शैक्षिक प्रशासन महाशाखाले असोज महिनाको प्रारम्भबाट कक्षा ४ भन्दा माथि आलोपालो प्रणालीमा आंशिक रूपमा विद्यालय सञ्चालन गर्ने तयारी  गरेको महानगरका शिक्षा शाखा अधिृकत कृष्ण भट्टराईले जानकारी दिए ।

महाशाखाले सबै सामुदायिक विद्यालयहरूलाई परिपत्र गर्दै विद्यालय सञ्चालनको वातावरण तयार पार्न पूर्वतयारीस्वरुप विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावकहरूसँग छलफल, अन्तक्र्रिया गरी कार्ययोजना तयार पार्न निर्देशन गरेको छ ।