|  

नेपालमा कोरोना नियन्त्रमा सुधार तर जोखिम भने कायमै 

२८ भदौ, काठमाण्डौ । पछिल्लो १ सातामा नेपालमा कोरोना संक्रमण दर घटेको छ । गत २४ घण्टामा नेपालमा कोरोना संक्रमण दर १०.६ प्रतिशत देखिएको छ ।

यो हिसाबले एकसाताको अवधिमा थप ५ प्रतिशतले कोरोना संक्रमण दर घटेको तथ्यांकले औंल्याएको हो । कोरोना नियन्त्रण हुनका लागि थप ७ प्रतिशत घट्नुपर्ने महामारी नियन्त्रणको सिद्धान्त हो । तर नेपालको पछिल्लो संक्रमण दरको तथ्यांकले नेपालमा कोरोना नियन्त्रणमा सुधार भएको संकेत देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

उनले भने, ‘ कोरोना नियन्त्रणमा सुधार भएको मान्न सकिन्छ तर जोखिम भने कायमै छ ।’ अहिले पनि कोरोना महामारीको दोस्रो लहरको सुरुवाती चरणकै जस्तो संक्रमण भइरहेको उनले बताए । संक्रमण दर घटे पनि नयाँ भेरियन्ट आएमा पुनः संक्रमण बढ्नसक्ने भएकोले हरेक नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना गर्न उनले अपिल गरे । 

नेपालमा हाल कुल संक्रमित संख्या ८ लाख ६३ हजार ८ सय ५७ जना पुगेका छन् ।