|  

परम्परागत बाली मास्दै तेह्रथुमका किसानहरु किबी खेतीमा आकर्षित 

२८ भदौ, काठमाण्डौ । किबी खेतीले प्रख्यात जिल्ला तेह्रथुमका किसानहरु परम्परागत बाली मास्दै किबीमा आकर्षित बन्दै गएका छन् ।

थोरै जमिनमा धेरै आम्दानी हुने भएकाले यो खेतीतर्फ किसानहरु बढी आकर्षित बनेका हुन् । जिल्लाका ग्रामीण भेगमा यतिबेला किबी खेतीको बिस्तार हुने क्रम बढ्दो छ । गाउँ गाउँमा खेती बिस्तार किसानहरुले लगाएको बगानहरुमा किबी उत्पादन हुँदै आएको छ ।

उनीहरुले खेतीलाई बिस्तार गर्दै गाउँलाई किवी पकेट क्षेत्रको रुपमा विकास गर्दै आएका छन् ।