|  

छवी र शिल्पालाई प्रदिप उदयले गरे यस्तो आग्रह (भिडियो)

२८ भदौ, काठमाण्डौ । नेपाली चलचित्र संघका निवर्तमान अध्यक्ष एवम् चलचित्र निर्माता प्रदिप उदयले छवी ओझा र शिल्पा पोख्रेलबीचको विवादको विषयमा बोलेका छन् । 

हेडलाईन नेपालको हेडलाईन विशेषमा कुरा गर्दै उनले छवी र शिल्पालाई मिल्न आग्रह गरेका हुन् । उनीहरुको विवाद मिलाउन आफुहरु लागि रहेको पनि उनले बताए । छवी र शिल्पाले अहिले कानुनी झमेला भोगिरहेका छन् ।

नायिका शिल्पा पोख्रेलले चलचित्र निर्माता समेत रहेका श्रीमान छवीराज ओझाले आफूलाई घरेलु हिंसा गरेको र जीउज्यानको सुरक्षामा खतरा रहेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

निर्माता प्रदिप उदयले आफ्नो चलचित्र २०४५ सालमा चेलिबेटी सुरु भएको बताए । उनले आफु निरन्तर चलचित्र बनाउने सवैभन्दा पुरानो चलचित्र निर्माता रहेको पनि बताए । भिडियो सहित