|  

रुखमा टाँड बनाएर अनलाइन कक्षा लिँदै खोटाङका एक छात्र

२८ भदौ, काठमाण्डौ । प्रविधिमार्फत शिक्षा लिनु नेपाल जस्तो देशका विद्यार्थीका लागि ठुलो कष्टको कुरा सायदै अरु होला ।

यसको ज्वलन्त उदाहरणको रुपमा रुखमा टाँड बनाएर अनलाइन कक्षा पढ्दै गरेका खोटाङका एक विद्यार्थीको तस्वीरलाई लिन सकिन्छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका कक्षा १० का छात्र धनकुमार मगरले रुखको टुप्पोमा टाँड बनाएर पढिरहेको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

घरमा बसेर पढ्दा नेट नटिप्ने भएकाले उनले रुखमा बसेर पढेका हुन् । उनले तस्वीरमा रुखमा बसेर अनलाइन क्लास लिइरहेको देख्न सकिन्छ ।