|  

नेपालमा कोरोना संक्रमण दर १९.३ प्रतिशत, निको हुने दर ९५.२ प्रतिशत 

२८ भदौ, काठमाण्डौ । कोरोना भाइरसको संक्रमण आज एकै दिन १ हजार ४ सय ८६ जनामा देखिएको छ ।

पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ३९ जनामा परीक्षण गर्दा एक हजार ४८६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमणको दर १९।३ प्रतिशत पुगेको छ । सक्रिय संक्रमित २६ हजार ६३० जना रहेका छन् ।

यस्तै संक्रमणबाट निको भई आज १ हजार २ सय ६० जना घर फर्किएका छन् । अहिलेसम्म ७ लाख ४० हजार ७ सय १७ जना निको भइ घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९५।२ प्रतिशत रहेको छ ।