|  

भेरी अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु

 
२९ भदौ, काठमाडौँ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। 

दाङकी ४० वर्षकी महिला र बर्दियाका ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय बाँकेले जनाएको छ। 

योसहित कोरोना संक्रमणको कारण बाँकेमा जिल्लाभित्रकै ३३० र बाहिरबाट उपचारको लागि पुगेका ४११ संक्रमितको मृत्यु भएको कार्यलय प्रमुख तेज वलीले जानकारी दिए।