|  

गैँडाकोट दुर्घटना  : मृतक तीनै जनाको पहिचान खुल्यो

२९ भदै, काठमाडौँ ।  गैंडाकोटमा भएको बस दुर्घंटनामा मृत्यु हुनेहरुको सनाखत भएको छ । आज बिहान बस र ट्रक ठोक्किंदा तीन जनाको मृत्यु र २४ जना घाइते भएका थिए । 

मृत्यु हुनेहरुमा बर्दिया जिल्ला बाँसवारी नगरपालिका वडा नं ८ कि ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुरको महेन्द्रनगर झलारी बस्ने ३५ वर्षीय कृष्ण राना र कञ्चनपुरकै ४० वर्षीया रंगी तिवारी रहेको प्रहरीले जनाएको छ ।