|  

कृषि विकास बैंकको ६० लाख कित्ता ऋणपत्र बाँडफाँट 

२९ भदौ, काठमाण्डौ । कृषि विकास बैंकको ६ अर्ब बराबरको ६० लाख कित्ता ऋणपत्र बाँडफाँट भएको छ ।

कम्पनीले एक हजार प्रति ऋणपत्रका दरले ६ अर्ब बराबरको ६० लाख कित्ता ऋणपत्र भदौ ८ गतेदेखि २२ गतेसम्म संस्थागत लगानीकर्तालाई परिपत्र विधिबाट निष्कासन गरेको थियो । सो अवधिभित्र रितपूर्वक ऋणपत्रका लागि प्राप्त आवेदनहरु कम्पनीको सञ्चालक समितिले ३४ लाख २६ हजार ९ सय ७५ कित्ता ऋणपत्र भदौ २५ गते बाँडफाँट गरेको जानकारी दिएको छ ।