|  

पत्रकार महासंघका महासचिव पुरी भन्छन् - प्रेसप्रति राज्य नै अनुदार  (भिडियो)

२९ भदौ, काठमाण्डौ । नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले पत्रकारले निर्वाद रुपमा लेख्ने बातावरण बन्न नसकेको बताएका छन् । हेडलाईन नेपालको हेडलाईन विषेशमा कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पत्रकारले समाचार लेख्दा राज्य, गैरसरकारी निकाय र ब्यक्तिबाट विभिन्न आक्रमण र धम्किहरु पनि आउने गरेको पनि सुनाए । उनले बैशाखदेखि हालसम्म ३१ वटा घटना भएको र त्यसमा १ सय ४ जना पत्रकार प्रभावित बनेको बताए ।

प्रेसप्रति राज्य नै अनुदार देखिएको उनको आरोप छ । पछिल्लो समयमा पत्रकार र पत्रकारिता क्षेत्रमा विकृति देखिएको छ । यस्तो अवस्था रहने हो भने जनताको आवाज पनि बन्द हुने अवस्था छ ।

उनले उदाहरण दिदै भने, ʻरौटहटमा नेपाल प्रहरीकै संलग्नतामा लागु औषध पत्रकारको गाडीमा राखेर जेलमा हाल्ने प्रयास गरियो तर त्यो सफल हुन सकेन्, सिसिटिभि फुटेजका आधारमा पछि उक्त रहस्य वाहिर आयो । जसका कारण निर्दोष पत्रकारले सफाइ पनि पाए ।ʼ घटनाबारे अहिले छानबिन जारी छ ।
बाँकी भिडियोमा