|  

विद्यालयकै बरन्डामा घाँटी रेटेर हत्या भएको अवस्थामा शिक्षकको शव फेला 

२९ भदौ, काठमाण्डौ । दैलेखमा एक शिक्षकको विभत्स हत्या गरिएको छ ।गुराँस गाउँपालिका–८ मा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको गएराति घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको हो ।

उक्त, घटनाबारे अनुसन्धान सुरु गरिएको दैलेखका प्रहरीले बताएको छ । ४२ वर्षीय उनको शव विद्यालयको बरन्डामा फेला परेको थियो । प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएपनि थप विवरण भने दिइएको छैन ।

त्यस्तै दैलेख कै चामुण्डा बिन्द्रासैनी नगरपालिका -५ माछेढुंगाकी एक महिलाले भने आत्महत्या गरेकी छन् । ५९ वर्षीय जसू शाहीको घरदेखि करिब साढे १ मिलोमिटर टाढा पर्ने जंगलको  काफलको रूखमा झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

पाँच छोरा र तीन छोरीकी आमा समेत रहेकी ती महिला  भदौ १७ गते बिहान १० बजेतिर घरबाट निस्केर सम्पर्क बिहिन भएकी थिइन् । प्रहरीका अनुसार उनको शव पोस्टमार्टमका लागि दैलेख अस्पताल लगिएको छ ।