|  

कुशल भुर्तेल पहिलो ओभरमै आउट

२९ भदौ, काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेल नेपालले अहिले खेलिरहेको छ ।

नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको हो । ओमानको अल अमिरात क्रिकेट मैदानमा ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेललाई पहिलो ओभरको दोस्रो बलमा उनलार्य बिलाल खानले क्याच आउट गराएका छन् ।

आजको खेलमा नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन् । अमेरिकाविरुद्ध खेलेको टिमले नै ओमानविरुद्ध खेलिरहेको छ । पहिलो ओभरमा नै आफ्नो महत्वपूर्ण विकेट गुमाएको नेपालका लागि अर्को खेलमा केही असहज हुनेछ ।