|  

प्रचण्ड र कांग्रेस महामन्त्रीबीच संसद सञ्चालन लगायत विषयमा छलफल

२९ भदौ, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काबीच आज भेटवार्ता भएको छ ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा भएको दुई नेताबीचको भेटवार्तामा संसद सञ्चालन लगायत विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

उनीहरुवीच मन्त्रिपरिषद विस्तार, अमेरिकी परियोजना एमसिसी, संसद सञ्चालन लगायत विषयमा छलफल भएको बताइएको छ ।