|  

एमसीसीलाई लिएर यतिधेरै बहस र विवाद गर्नु आवश्यक छैन् - भट्टराई

२९ भदौ, काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय सहमति जुटाएर एमसीसी पास गर्नुपर्नेमा जोड दिएका छन् ।

जनता समाजवादीले सिन्धुलीमाढीमा आज आयोजना गरेको कार्यक्रममा भट्टराईले यस्तो बताएका हुन् । एमसीसी सहयोगको विरोध हुनु दुर्भाग्यपूर्ण भएको पनि उनले बताए । भट्टराईले प्रमुख दलहरुबीच छिटो राष्ट्रिय सहमति गरेर यो अनुदान सहयोग लिएर जाँदा नै नेपाललाई उपयुक्त हुन्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको बताए ।

एमसीसीलाई लिएर यतिधेरै बहस र विवाद गर्नु आवश्यक नभएको पनि उनले बताए । अहिलेसम्म विदेशी सहयोग पूरै बन्द गर्ने भन्ने नेपालको कुनै नीति र संविधानको मर्ममा पनि नभएको उनले बताए ।