|  

जबरजस्ती संसद् बैठक चलाउनु संसदीय परम्पराविपरीत - थापा

२९ भदौ, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले जबरजस्ती संसद बैठक चलाउन खोज्नु संसदीय परम्पराविपरीत भएको बताएका छन् ।

आज एक ट्वीट गर्दै उनले प्रमुख प्रतिपक्षी नेकपा एमालेले अघि सारेको माग सम्बोधन नगरी जबरजस्ती संसद बैठक चलाउन खोज्नु संसदीय परम्पराविपरीत भएको बताएका हुन् । सत्तारुढ नेपाली कांग्रेस र कम्युनिष्टको अकर्मण्यताका कारण संविधानको औचित्यमाथि प्रश्नचिन्ह खडा भएको पनि उनले बताए ।

विकृतिको शृंखला अन्त्य गर्न जनादेशबाट नयाँ विकल्प खोज्नुपर्ने उनको भनाइ छ ।