|  

अन्तर वडा बास्केटबल: वडा १० को जित

२९ गते भदौ, काठमाडौं ।  वडा १० ले नवौं कीर्तिपुर नगरव्यापी अन्तर वडा पुरुष÷महिला बास्केटबल प्रतियोगिताको महिलामा जित हात पारेको छ ।

कीर्तिपुरको नयाँबजारस्थित कभर्डहलमा वडा १० ले वडा २ लाई ४७–२३ ले पराजित गर्यो । विजयी टिमका लागि प्रेडिका महर्जनले १७ अंक   जोडिन् ।

कीर्तिपुर बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा वडा ३ र वडा १० ‘ए’ ले सफलता पाए । वडा ३ ले वडा ६ लाई ५६–३३ ले हरायो । वडा ३ को जितमा अनिल शाहीले २० अंक योगदान गरे ।

निश्चल महर्जनको २८ अंक सहयोगमा वडा १० ‘ए’ ले वडा २ लाई ५१–४३ ले हराए । प्रतियोगिताको पुरुषमा १२ र महिलामा ५ टिमको सहभागिता रहेको छ ।

लिग कम नकआउट आधारमा भईरहेको प्रतियोगिताको विजेतालाई नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ।