|  

कोरोनामुक्त हुने दर ९५.२ प्रतिशत, २४ घण्टामा १९ सङ्क्रमितको मृत्यु

२९ भदौ, काठमाण्डौ । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ८९ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा आज थप १ हजार १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार २ सय ६६ आरटीपीसीआर परीक्षण गरिएकोमा १ हजार १ सय ८० जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा ४ हजार १ सय ७७ वटा एन्टीजेन परीक्षण गर्दा ३ सय ८२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य  मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा १९ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म १० हजार ९ सय ८४ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

त्यस्तै आजसम्म २६ हजार २ सय२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा ८८ हजार १ सय ८४ ले कोरोनाविरुद्धको खोप लगाएका छन् ।