|  

बालदिवस र कोरोना महामारी : बालबालिकालाई कसरी जोगाउने ?

मनोविद् भन्छन् : बालबालिकामा डिप्रेसन हुनसक्छ, आत्महत्याबाट बेलैमा बचाउनुपर्छ

२०२१ साल भदौ ४ गतेबाट नेपालमा राष्ट्रिय बाल दिवस मनाउन थालिएको थियो। बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहले भारत भ्रमणका क्रममा महात्मा गान्धीको जन्म दिवसमा बाल दिवस मनाएको देखेपछि नेपाल फर्केर भदौ ४ गतेलाई राष्ट्रिय बाल दिवस मनाउने तिथि बसाएकी थिइन्। 

तत्कालीन रानी रत्न राज्यलक्ष्मीको आफ्नो जन्मदिनको अवसर पारेर पहिलोपटक त्यसैबेला बालदिवस मनाउने चलन चलाएकी थिइन्। 
नेपाल गणतान्त्रमा प्रवेश गरेपछि भने बाल दिवस भदौ २९ मा मनाउन थालियो। बडामहारानीको जन्मदिन पारेर मनाउन थालिएको बालदिवस गणतन्त्र स्थापनाअघिसम्म ४२ पटक भदौ ४ मा मनाइएको थियो।  
नेपालमा बालदिवसका अवसरमा विभिन्न कार्यक्रम गरेर हरेक वर्ष मनाइन्छ। तर गत र यस वर्ष भने सामान्य अवस्था वा कोभिड महामारी, बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ यो पटक ५७ औँ राष्ट्रिय बाल दिवस मनाइएको छ।  

२०७६ सालदेखि विश्वभर फैलिएको कोरोना महामारीका कारण बालबालिकाको चौतर्फी विकासमा समेत धेरै असर परिरहेको छ। कोरोनाको यो महामारीका कारण दुई वर्षयता बालबालिका घरबाहिर खुलेर निस्किन सकेका छैनन्। भित्रै खुम्चिन बाध्य छन्। 

यसले बालबालिकाको मनोविज्ञनमा असर परिरहेका छ। बन्दको प्रत्यक्ष मारमा विद्यालयमा अध्ययनरत साना बालबालिकादेखि विश्वविद्यालसम्मका विद्यार्थी समस्यामा छन्। उनीहरूको अध्ययनमा यसले निकै ठूलो अवरोध खडा गरेको छ। विद्यालय जान नपाउँदा उनीहरूको मानसपटलमा कोभिडको सन्त्रासले समस्या पैदा गरिरहेको छ। 

दुर्गम भेगमा अझै ठूलो समस्या

शहरी क्षेत्रमा विभिन्न भर्चुअल माध्यमबाट शिक्षण सिकाइका क्रियाकलाप भइरहेका छन्। भौतिक रूपमा उपस्थिति नजाए पनि विद्यार्थीहरूसँग पढ्ने सिक्ने अनेक् साधन विकसित भएका छन्। 

अभिभावकले आफ्ना सन्तालाई प्रविधिको पहुँचसँगै शिक्षण सिकाइमा अभिप्रेरित गरिरेका छन्। विद्यालय जान नपाएका विद्यार्थीहरूलाई यसले निकै ठूलो राहत मिलेको छ। तर ग्रामीण भेगमा भने प्रविधिको उच्चतम् प्रयोग गर्न नपाउँदा बालिबालिका अझै पनि अन्धकारमै छन्। 

एकाधबाहेक उनीहरूले शिक्षण सिकाइलाई निरन्तरता दिन पाएका छैनन्। यसबाट बालबालिकाको पठनपाठनमा मात्र नभई उनीहरूको मनोविज्ञानमा प्रत्यक्ष असर पर्दै गएको छ। सिकाइको वातावरण छुट्दै जाँदा उनीहरूको भविष्य नै चिन्तित अवस्थामा पुगेको हामी अनुमान गर्न सक्छौं। 

बालबालिकाले बाहिरी संसारमा घुम्न रमाउन र वाहिरी वातावरमा अनुभव लिन नपाँउदा उनीहरूमा के के असर पर्छन त ?

कोरानाको महामारी र लामो समयको लकडाउनका कारण बालबालिकाहरू घरभित्रै बस्न बाध्य छन्। यसले बालबालिकाको बालसुलभ हुर्काइमा अवरोध आएको बताउँछन् मनोविद् गोपाल ढकाल। 

बालअधिकारअन्तर्गत बालबालिकाले खेल्न पाउने, मनोरञ्जन गर्ने, शारीरिकक क्रियाकलापमा भाग लिन पाउनेजस्ता अधिकारबाट उनीहरू वञ्चित हुँदा बालअधिकारको हनन भएको उनको भनाइ छ। 

यी कारणले बालबालिका निराश, कुण्ठित छन्,  उनीहरूको शारीरिक तथा मानसिक अनि भाषिक विकासमै असर परेको छ। जसकारण उनीहरूको मानसिक स्वास्थ्यमा समेत अवरोध आएको छ,ढकालले बताए। 

कोरोनाका कारण भएको लकडाउन र यसको अनावश्यक त्रासले बालबालिकामा बढी सोच्ने असर त छँदै छ सामाजिक सञ्जालले पनि अवरोध सिर्जना गरेको उनी बताउँछन्। भन्छन्, कतिपय अवस्थामा बालबालिकाले अ‍चेल साथीसँगको कुराबाट सिक्न, ज्ञान पाउन सकेका छैनन्। घरभित्रै बस्दा अनेक समाचारको कारण पनि उनीहरू त्रसित छन्।

पछिल्लो अनुसन्धानले पनि कोरोनापछि बालबालिकाको स्वाभावमा परिर्वतन आएको देखाइरहेको छ। बालबालिकामा पढ्ने लेख्ने तरिकाको परिवर्तन आएको छ। 

साथीसँग भेट्न पाउने नपाउने भन्ने कारण उनीहरू चिन्तित छन्। अन्यको तुलनामा बालबालिकामा बढी प्रभाव परेको छ। विभिन्न प्राकृतिक प्रकोप समयमा पनि बालबालिकानै बढी प्रभावित भएका समाचारहरू आइरहेका छन्। 

तर यसरी नै प्रविधिमै मात्र भर पर्दा बालबालिकाको मनोविज्ञानमा कस्तो असर पर्लारु उनीहरूलाई बाहिरी संसार देखाउन के गर्न सकिन्छ यो बेलारु बालबालिकाको मनोभाव बुझेर कसरी उनीहरूको ख्याल राख्ने रु यो अहिलेको समयमा एकदमै महत्वपूर्ण सवाल बनेको छ।  

मनोविद् ढकाल भन्छन्, सानो सानो कुराले बालबालिका ठूलो प्रभाव पर्न सक्छ, ठूलाले जस्तो बुझ्न नसक्ने हुँदा पनि उनीहरू बढी प्रभावित हुने गर्दछन्। घरमा ठूला व्यत्तिहरू संक्रमित हुँदासमेत उनीहरूमा असर परेको छ।

यसरी परेको प्रभावलाई न्यूनीकरण गर्ने जिम्मेवारी सरकार, परिवार र समाज सबैको भएको ढकाल बताउँछन्। उनले थपे, अलनलाइन क्लास, प्रविधिमै समय बिताउनु सिकाइको बालमैत्री माध्ययम भने होइन।

बालबालिकाले प्रशस्त रुपमा खेलेर, संवाद गरेर, छलफल गरेर,  आफ्ना व्यत्तिगत कुरा सेयर गरेर सिकाइमा अघि बढ्नुपर्ने हुन्छ जुन अनलाइनबाट पुणरुपमा सम्भव छैन।

बालबालिकालाई यस्तो बेलामा तनावमुक्त बनाउन उनीहरूलाई पूर्ण रूपमा ठीक अवस्थामा राख्न विविध पक्षमा ध्यान दिनुपर्ने ढकाल सुझाउँछन् ।

उनीहरूलाई आश्वासन दिनुपर्छ ।

उनीहरू रिसाँउदा सामाजिक सञ्जाल तथा गेम धेरै खेल्न दिने भन्दा पनि उनीहरूलाई अभिभावकले नै केयर गर्नुपर्छ। 

नकरात्मक सूचनाबाट बचाउने

भाम्रक समचारको बारे बुझाउने

उनीहरूलाई सामाजिक बनाउने र उनीहरूको अधिकारको ख्याल गर्ने

लामो समय अनलाइन बस्दा आँखामा समस्या तथा लत बस्न सक्छ। ख्याल गर्ने

उनीहरूको समस्या बुझ्ने, उनीहरूमा के समस्या तनाव हुन्छ र भनेर सोध्ने
बालबालिकाको मनोभाव उमेर तथा उनीहरूको रुचिअनुसार वा बालबालिकापिच्छे नै फरक हुन सक्छ।

पहिलो कुरा उनीहरूको आवश्यकता के हो बुझनु जरुरी हुन्छ। उमेर समूहअनुसार उनीहरूले के चाहन्छन् भन्ने विषयमा अभिभावकले बुझ्नु जरुरी छ। 

पर्याप्त निद्रा व्यवस्थापन गराउने

किशोर अवस्थामा पुगिसकेका बालबालिकाहरूलाई शारीरिक वनावटदेखि सबै जानकारी दिने र यौनावस्थामा पुगेका छन् भने यौनसम्बन्धी ज्ञान दिने र उनीहरूको साथी बनेर उनीहरूको भावना बुझ्ने।

 यसका लागि बालबालिकासम्बन्धी ज्ञान लिनुपर्ने हुन्छ साथै उनीहरूको चाहाना विस्तृत रुपमा बुझन हामीले अध्ययन गर्ने गर्नु पर्छ , चकचक गर्दा रिसाउने , उनीहरूको सानो सानो इच्छा मार्ने भने गर्नु हुँदैन । 

आफ्ना बच्चासँग नजिक हुने, बच्चाको गलत बुझाइलाई परिवर्तन गर्ने, बालबालिकाले आफ्ना समस्या भनेर व्यक्त नगर्ने हुनाले व्यवहारबाट धेरै कुरा बुझनुपर्छ। 

बालबालिकाले आफूमा भएको तनाव भनेर नभई व्यवहार बाट देखाउँछन्, त्यो बुझ्ने।खाना नखाने,  झनक्क रिसाउने, झोक्राएर बस्ने,  परिवारको कुरा नसुन्ने  गरेमा उनीहरूमा मानसिक समस्या हुन सक्छ भन्ने बुझ्ने । 

नजिक भएर उनीहरूको समस्या बुझ्न सकिएन भने मनोपरार्मश दातासँग छलफल गर्ने र विज्ञसँग सुझाव लिन सकिन्छ। बलबालिकासँग समेत समस्या हन्छन् र उनीहरूमा समेत डिप्रेसन हुनसक्छ र आत्महत्याको कदम चाल्न सक्छन भन्ने ज्ञानसमेत हामीमा हुनुपर्छ।