|  

चलचित्र ‘सीता’मा कंगना रनोट

३० भदौ, काठमाण्डौ । चलचित्र ‘सीता’ मा अभिनेत्री कंगना रनोटलाई भित्र्याइएको चलचित्रका निर्देशक अलौकिक देसाइले जानकारी दिएका छन् ।

उनले सामाजिक संजालमा कंगनासँंगको तस्वीर पोष्ट गर्दै यस्तो उल्लेख गरेका हुन् । अलौकिकले सीताको भूमिकाका लागि कंगनालाई काम गराउन पाउँदा उत्साहित रहेको पनि उनले बताए । उनले पवित्र यात्राले पौराणिक कथालाई हेर्ने तरिका नै बदल्ने भनाई राखेका छन् ।

भारतीय चलचित्र क्षेत्रकी एक बहुप्रसिद्ध अभिनेत्री समेत रहेकी करिना कपुरले उक्त चलचित्रको लागि १२ करोड पारिश्रमिक मागेकी थिइन् । निर्माणपक्षले उनलाई चलचित्रको शिर्ष भूमिकाका लागि अफर गर्दा महंगो रकम माग गरेपछि उनको स्थानमा कंगना भित्र्याइएको हो ।