|  

ʻजीवनको पानाʼ मा सँधै स्मरणमा रहने सरोज खनालको अभिनय (भिडियो)

३० भदौ, काठमाण्डौ । नेपाली चलचित्र जगतका वरिष्ठ कलाकार तथा अभिनेता सरोज खनालद्धारा अभिनित ʻजीवनको पानाʼ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

हास्यकलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा सर्जित उक्त गीतको भिडियो कथात्मक तरिकाले प्रस्तुत गरिएको छ । भिडियोमा वृद्ध चरित्रमा देखिएका सरोजले आफ्नो युवाकालको स्मरण गरेका छन् । जसमा उनले विगतदेखि वर्तमानसम्म गरेको फिल्मी अभिनयका दृश्य देखाइएको छ ।

यहि भदौ २६ मा सार्वजनिक भएको उक्त भिडियोमा हरि हुमागाईंको डीओपी, उत्तम हुमागाईंको छायांकन, रमेश थापाको सम्पादन र राज केसीको निर्देशन छ ।