|  

केल्मीले एनआरटीलाई प्रायोजन गर्ने

३० भदौ, काठमाडौं ।  न्युरोड टिम (एनआरटी) लाई खेलकुद सामग्री उत्पादन गर्ने कम्पनी केल्मीले प्रयोजन गरेको छ।

खेलकुद सामाग्री उत्पादन कम्पनी केल्मी र एनआरटीसँग बुधबार चार वर्षका लागि एआरटी टिमको प्रायोजन गर्ने विषयमा सम्झौता भएको हो।

अब केल्मीले खेलाडीको अभ्यासका दौरानमा प्रयोग गरिने किट, बल अन्य सामग्री प्रदान गर्नेछ भने ३० पिस होम र अवे जर्सी प्रदान गर्नेछ।

केल्मीले यसअघि नेपाली फुटबल राष्ट्रिय टिमलाई पनि प्रायोजन गरिसकेको छ। त्यस्तै, उसले अहिले नेपाली राष्ट्रिय भलिबल टिमलाई प्रयोजन गरेको छ।