|  

प्रा.डा. पन्त प्राध्यापक ईश्वरीलाल श्रेष्ठ पुरस्कार २०७८ बाट पुरस्कृत 

३० भदौ, काठमाडौं ।  प्राध्यापक डाक्टर प्रेमराज पन्त प्राध्यापक ईश्वरीलाल श्रेष्ठ पुरस्कार २०७८ बाट पुरस्कृत भएका छन् । नेपालको वाणिज्य शिक्षामा पु¥याएको योगदानप्रति सम्मान स्वरुप व्यवस्थापन संकायका पूर्व डिन तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर पन्तलाई यो पुरस्कारबाट पुरस्कृत गरिएको हो । 

यो पुरस्कार हरेक वर्ष प्राध्यापक ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले प्रदान गर्दै आएको छ । नेपालमा २०११ साल भदौ १७ गते वाणिज्य शिक्षाको आईकम तहको पठनपाठन सुरु भएकोमा हरेक वर्ष भदौ १७ गते वाणिज्य दिवस मनाउने गरिएको छ। 

वाणिज्य शिक्षाका संस्थापक प्राध्यापक ईश्वरीलाल श्रेष्ठको स्मृतिमा प्रतिष्ठानले यस वर्षको ६८ औँ वाणिज्य दिवसको दिन घोषणा गरिएको पुरस्कार मंगलबार औपचारिक कार्यक्रममा वितरण गरिएको प्राध्यापक ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका महासचिव प्राध्यापक प्रकाशमान प्रधानले जानकारी दिए।

सम्मान कार्यक्रममा उपस्थित व्यक्तित्वहरुले प्राध्यापक ईश्वरीलाल श्रेष्ठले वाणिज्य शिक्षाको स्थापना र विकासमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए।