|  

भ्रामक समाचार लेखि पत्रकार र प्रहरी प्रशासनलाई नै वदनाम बनाइदै 

३० भदौ, काठमाडौं । चेन्ज नेपाल ग्रुप अफ कम्पनी प्रा.लि. बाट सञ्चालित  अनलाइन पाना डटकम नामक समाचार पोर्टलले भ्रामक समाचार लेख्दै पत्रकार सञ्जिव रेग्मी र प्रहरी प्रशासनलाई नै वदनाम गर्ने काम गरिरहेको छ ।

नक्कली सांसद बन्नेदेखि विभिन्न ठगी धन्दा चलाउँदै आएका सागर थापा नामक आरोपीको संक्षरणकालागि पत्रकारिताको नै धज्जी उडाउने गरि यस समाचार पोर्टले भ्रामक समाचार प्रकाशन गरेको हो । अनलाइन पानाले के स्वार्थ बोकेर यस किसिमको समाचार संप्रेषण गरिरहेको छ ? यसको सत्य तत्थ्य बुझ्न बाँकी नै छ ।

गलत पृष्टभूमी भएका सागर थापा समूहले पत्रकार सञ्जिव रेग्मी माथि जुन प्रकारले एक पछि अर्को आक्रमण गरिरहेको छ, यसको घोर भत्सना गर्दै नेपाल पत्रकार महासंघलेसमेत प्रेस विज्ञप्ति जारी गरिसकेको छ । तरपनि अनलाइन पाना नामक समाचार पोर्टलले सागर थापाको अपराध ढाकछोप गर्न प्रकाशन गरेको समाचार हेर्दा पत्रकार महासंघकोसमेत विरुद्धमा उत्रिएको देखिन्छ ।

यस प्रकारको कदमप्रति अनलाइन टिभि पत्रकार संघका सदस्यहरुलेसमेत घोर आपत्ति जनाईरहेका छन् । यस किसिमको स्वतन्त्र पत्रकारिताविरोधि गतिविधि तत्काल बन्द गर्न पत्रकार महासंघ र अनलाइन टिभि पत्रकार संघमा आवद्ध पत्रकारहरुले चेतावनी दिएका छन् ।

अनलाइन पाना समाचार पोर्टलले पत्रकार सञ्जिव रेग्मीको सामाजिक छविमा आँच आउने गरि एकतर्फी अर्ध सत्य सूचनाको आधारमा भ्रामक समाचार प्रकाशन गरेको छ ।