|  

सुनको मुल्यमा भारि गिरावट, कति पुग्यो तोलाको

३१ भदौ, काठमाण्डौ । साताको कारोबारको पाँचौं दिन आज (बिहीबार) सुनको मल्य घटेको छ । नेपाला सुनचाँदी व्यवासायी महासंघको अनुसार सुन आज तोलामामा ७ सय रुपैयाँले घटेको हो । छापावाला सुन आज नेपाली बजारमा प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता तेजावी सुन आज प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी आज पनि स्थिर रहेको छ । बुधबार प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।