|  

पत्रकारिता क्षेत्र नै डगमगाउने झुटो आरोप, पत्रकार रेग्मीको पछाडि किन लागि परेको छ षडयन्त्रकारी समुह !  (भिडियो)

३१ भदौ, काठमाडौं । सत्य तथ्य घट्नाहरूमा अधारित रहि सञ्चार माध्यमबाट आम नागरिकलाई जनकारी गराउनु पत्रकारिताको धर्म हो । आम सर्वसाधरणका दुख पीडा एवं गुनासो देखि देशका प्रमुख मुद्दाहरुमा कलम चलाउनु पत्रकारको कर्तव्य हो ।

तर, लामोसमयदेखि नेपाली पत्रकारिता क्षेत्रमाथि विभिन्न किसिमले प्रहार हुँदै आएको छ । नेपाली पत्रकारिता क्षेत्र नै निराशामा पर्ने गरी व्याक्तिगत स्वार्थी समुहहरुले समग्र सञ्चारमाध्यममाथि आक्रमण गर्न खोज्दै आएका छन् ।

पछिल्लो समय सागर थापा नामक व्यक्तिले पत्रकार सन्जिब रेग्मी, हेडलाइन नेपाल र समग्र नेपाली मिडियाजगतमाथि नै प्रहार हुने किसिमले झुटा मिथ्या एवं आरोप लगाएका छन् । कुनै एक पत्रकारमाथिको अन्यायले समग्र पत्रकारिता क्षेत्र नै डगमगाउ छ ।

लामो समयदेखि निष्पक्ष एवं पत्रकारिताको घेराभित्र रहेर काम गर्दै आएका उदयमान पत्रकार रेग्मीमाथि थापासमुहले गम्भीर किसिमका झुटा आरोप प्रत्यारोप लगाएको हो ।

यो बिषयलाई लिएर नेपाल पत्रकार महासंघ, टेलिभिजन पत्रकार संघलगायतले गम्भीर ध्यानाकर्षण समेत गराइसकेको छ । तर, पनि सागर थापासमुहले अनकौं पक्षबाट पत्रकार रेग्मीविरुद्ध अनकौं किसिमका षडयन्त्रहरु रचिरहेको छ ।

यद्यपि, प्रहरी प्रशासनदेखि लिएर अदालतसम्मबाट यस बिषयमा पत्रकार रेग्मीले कुनै कसुर नगरेको स्पष्ट भइसकेको देखिन्छ । तर, पनि पत्रकार रेग्मीविरुद्धको षडयन्त्र जारी छ । 

आखिर किन पत्रकार रेग्मीको पछि लागि परेका छन् त सागर थापा हेर्नुहोस् यो बिशेष भिडियोमा