|  

विश्वको ठुलो आर्थिक शक्ति भएको देश भारत बन्ला त ?

श्रीमन्नारायण । सन् २०२० को तथ्याङ्क अनुसार हाल विश्व आर्थिक महाशक्तिहरुको श्रेणीमा अमेरीका पहिलो नम्बरमा छ । दोस्रो नम्बरमा चीन र तेस्रो नम्बरमा भारत रहेको छ । केहि लेखकले केही बर्षभित्रै भार विश्वको नम्बर एक आर्थिक शक्तिको रुपमा स्थापित हुने अनुमान पनि गरेका छन् ।

अन्तराष्ट्रिय मुद्रा कोषको प्रक्षेपण अनुसार सन् २०२१ मा नै चीनको आर्थिक वृद्धिदर ८.१ प्रतिशत र भारतको ९.५ प्रतिशत रहने सम्भावना छ । सन् २०२० मा ३.२ प्रतिशतले संकुचनमा रहेको विश्व अर्थतन्त्र सन् २०२१ मा ६ प्रतिशतले विस्तार हुने कोषको अनुमान छ ।

भारतको जनसंख्याको प्रकृति, राष्ट्रिय आय वितरणको स्थिति, क्षेत्रीय बजारमा भूमिका, भारतीय अर्थतन्त्रमा धर्मको प्रभाव तथा भारतको आन्तरिक राजनितिक आदी तत्वहरुका बाबजुद विश्वको ठुलो आर्थिक शक्ति बन्ने सम्भावनाले जोकोहिलाई उत्साही बनाउन सक्दछ । ज्ञान–विज्ञान, कला–साहित्य, अन्तरिक्ष अनुसन्धान, कम्प्युटर तथा सामरिक क्षेत्रमा समेत यसले गरिरहेको प्रगति आर्थिक क्षेत्रको निम्ति पनि सहयोगी साबित हुने निश्चित छ ।

दुई दशकसम्म अफगानिस्तानमा प्रत्यक्ष निगरानी गरेको अमेरिका अन्ततः निराश भएर तथा अफगानी जनतालाई अन्योलमा छाडी तालिबानीको जिम्मा लगाउनुले उसको अन्तराष्ट्रिय कुटनीतिक छविमा गहिरो क्षति पु¥याएको छ । अफगानिस्तानमा अहिले तालिबानीहरुको शासन छ, तर ऊ पनि भारतसँग सुमधुर सम्बन्ध बनाएर अगाडी बढ्न चाहन्छ । यसलाई पनि भारतको हितमा मात्र मान्न सकिन्छ ।

आम अफगानी जनता त्यहाँको अपदस्थ सरकार तथा तालिबान सरकारले पनि भारतमाथि विश्वास गर्नु एक किसिमले सफल कूटनीतिको संकेत हो । एशियाका दुई शक्तिशाली देशहरु विश्वको कूटनीतिक अखडामा वर्चस्व बढाउँदै गएको देखिन्छ । भारत लोकतान्त्रिक देश भएको नाताले चीनको तुलनामा अमेरिका, बेलायत र युरोपेली संघलगायत विश्वभरिकै कम्युनिष्ट देशहरुको निम्ति स्वीकार्य बन्दै गएको छ ।

एक नम्बर आर्थिक महाशक्ति बन्ने प्रचुर सम्भावना बोकेको भारतको जनसंख्या पनि चीनपछि दोस्रो नम्बरमा छ । दक्ष कामदारहरुको अभाव छैन् । पूँजीको पर्याप्तता छ, प्रविधिमा पनि अगाडी नै छ । यस्ता कुराहरुले आर्थिक महाशक्ति हुन सहयोग पु¥याउँछ । भारत नम्बर एक आर्थिक महाशक्ति हुनु नेपालको लागि राम्रो हो । दुवै देशवीचको सकारात्मक सम्बन्धले यसमा झन् प्रभावकारी भूमिका खेल्न सक्छ । चीन आर्थिक महाशक्ति बन्दा पनि नेपाललाई लाभ नै हुनेछ, तर विभिन्न कारणले भारत हाम्रो लागि बढी प्रभावकारी साबित हुन सक्दछ ।

भारतीय स्टेट बैंकको आँकलन अनुसार चालू आर्थिक बर्षको पहिलो तीन महिनामा सकल घरेलु उत्पादनको वृद्धि दर १८.५ प्रतिशत वरिपरि रहन सक्दछ । भारतका चार हजारभन्दा बढी कम्पनीले २८.४ प्रतिशतको वृद्धि हासिल गरेका छन् । यो समय भनेको कोरोना महामारीको दोस्रो भेरियन्टले ठुलो प्रकोप मनाएको अवधि हो । कोरोना महामारीका कारण कतै गत बर्षझैँ भारत आर्थिक मन्दीको चपेटामा आउने त होइन भन्ने आशंका ब्यक्त गरिदै थियो । तर यस वर्षको आर्थिक वृद्धिदरले उत्साहवद्र्धक संकेत दिएको छ ।

गत वर्ष आर्थिक वृद्धिदरमा आएको ठूलो ह्रासलाई नियन्त्रण गर्न र आर्थिक प्रगतिलाई अग्रगति प्रदान गर्न भारतले निरन्तर राहत प्याकेज घोषणा गरिरह्यो । आम जनता र ब्यापारीहरुलाई ऋण दिनुका साथै पूँजी जुटाउन पनि सरकारले सुविधा प्रदान गर्यो । गरीब एवम् निम्न आयवर्गको कल्याणका लागि विषेश योजना ल्याउने काम भयो । यसबाहेक महामारीको रोकथाम तथा अन्य उपायहरुसहित खोप अभियानलाई पनि तीव्रता दिने काम भयो । एक दिनमा एक करोड जनतालाई खोप लगाउनु सामान्य उपलब्धि होइन ।

उपरोक्त पहलहरुले गर्दा अर्थ ब्यवस्थाप्रति विश्वास कायम गर्ने धारणा प्रदान गर्यो भने विभिन्न चुतौतीहरुसँग मुकाबिला गर्न उर्जा पनि प्रदान गर्यो । उपरोक्त कारणहरुले गर्दा आर्थिक वृद्धि हुनुका साथै घरेलु माग पनि तीव्ररुपमा बढ्ने छ र निर्यातमा पनि वृद्धि हुनेछ । एकदुई वर्षभित्र नै भारतको अर्थ ब्यवस्था कोभिड–१९ को महामारीभन्दा पूर्वको अवस्थामा फर्कने छ ।

भातरले निकै तीव्र गतिमा निर्यात पनि बढाउन थालेको छ । भारतको उद्योग तथा वाणिज्य मन्त्रालयद्धारा हालै जारी गरिएको आँकडा अनुसार अगस्त २०२१ मा भारतीय उत्पादनको निर्यात ३३.१४ अर्व डलर रह्यो जुन गत वर्षको तुलनामा ४५.१७ प्रतिशत बढी देखिन्छ । चालू आर्थिक वर्षको शुरुको पाँच महिनामा यसको निर्यात १६३.६७ अर्ब डलर रह्यो जनु एक वर्ष अघिको तुलनामा ६६.९२ प्रतिशत बढी हो ।

किनभने सन् २०१९ को तुलनामा पनि यो २२.९३ प्रतिशत बढी नै देखिन्छ । निर्यातमा देखिएको यस तीव्र वृद्धिका कारण भारतले चालू आर्थिक वर्षमा आफ्नो ४ सय अर्ब डलर निर्यात गर्ने लक्ष्यको ४१ प्रतिशत लय आफ्नो नियन्त्रणमा पारिसकेको छ । पेट्रोलियम उत्पादन, इन्जिनीयरिङ सामान, फर्मा र रत्न एवम् आभूषणका क्षेत्रमा माग बढी भएको कारण निर्यातमा तीब्रता आएको मानिन्छ ।

भारत सरकारले मेक इन इन्डियालाई महत्व दिएको कारण उत्पादन आधारित प्रोत्साहन योजनाबाट पनि निर्यात बढेको हो । एक वर्षअघि ८ अर्ब डलरको मोबाइल आयात गर्ने भारतले थोरै अवधिमा तीन अर्व डलरको मोबाइल फोन निर्यात गरिसकेको छ । विश्वका दश प्रमुख कृषि निर्यातक देशमध्ये एक भारतले नेपाल लगायत अमेरिका, चीन, बंगलादेश, युएई, भियतनाम र साउदी अरबका साथै इन्डोनेशिया, इरान एवम् मलेशियामा पनि कृषि उप्पादन निर्यात गरिरहेको छ ।

यद्यपी विश्वब्यापी निर्यातको मामिलामा भारतको सहभागीता खासै बढी छैन् । तर सन् २०२१÷२०२२ मा यसले चार सय अर्ब डलरको निर्यात गर्ने लक्ष्य सजिलै हासिल गर्ने अनुमान गर्न सकिन्छ । कोरोनाको विश्वब्यापी संकटले पनि भारतलाई कम क्षति पु¥याएको छैन्, तर यस संकटपुर्ण अवधिमा पनि यसले विश्व समुदायको विश्वास जित्न सफलता हासिल गरेको छ ।

भारतजस्तो बहुजातीय, बहुभाषिक, विविध धर्म-संस्कृति भएको देशमा जनाताको लोकतान्त्रिक अधिकारको सम्मान र संरक्षण गर्दै आर्थिक प्रगति गर्नु कम चुनौतीपूर्ण कार्य होइन । जुन देशमा न्यायालयको सर्वोच्चता छ र प्रत्येक झिनामसिना कुरामा पनि न्यायालयमा गएर आफ्नो अधिकार खोजी गर्नु तथा सहज एवम् सुलभ न्याय पाउने अवस्था रहेको कारण अप्रत्यक्ष रुपमा विकास कार्य प्रभावित हुने गर्छ ।

सिङगापुर, मलेसिया एवम् चीनको विकास–गाथाको चर्चा गरिन्छ तर ती देशहरुमा भारतजस्तो लोकतान्त्रिक अभ्यास भइरहेको हुँदैन् । मुआब्जा हासिल गर्न अलिकति ढिलो भएपनि न्यायालयमार्फत सम्पुर्ण निमार्ण कार्य नै बर्षौसम्म रोक लगाउने अवस्था उत्पन्न हुने गरेको कारण पनि विकास कार्य प्रभावित भएको पाइन्छ । एक अर्बभन्दा बढी जनसंख्या, पृथक राजनीतिक विचारधारा भएका दलहरु, मिडियाको स्वतन्त्रता आदीका कारण पनि यदाकदा समस्या उत्पन्न हुने गर्दछ । यी सबका बावजूद भारतको विकास निर्माणको यात्रालाई प्रशंसनीय मान्नुपर्दछ ।

निकट भविष्यमैँ उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतबीच विश्वको आर्थिक महाशक्ति बन्ने ठूलो प्रतिस्पर्धा रहने छ र सम्भवतः भारतले अग्रता हासिल गर्ने अनुमान गरिँदै छ ।