|  

कमेडी च्याम्पियन सिजन २’ को फाइनल आज, हेरौँ फिनालीका झलकहरु

२ असोज, काठमाण्डौ । नेपालको एकमात्र कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ को फाइनल आज हुँदैछ ।

च्याम्पियनको टप–३ फाइनलमा ताप्लेजुङका भरतमणि पौडेल, गोरखाका सन्तोष थापा र सिक्किमका बिक्की अग्रवाल रहेका छन् । आज राती ९ बजेबाट कार्यक्रम सुरु हुनेछ । भरतमणि प्रस्तुतीका आधारमा ‘पफर्मर अफ द राउण्ड’ भएर सिधै टप–३ मा पुगेका हुन भने सन्तोष र बिक्की भोट र प्रस्तुतिको आधारमा टप–३ मा पुगेका हुन् ।

उनीहरु तिनैजनाले फरकफरक विशेषता बोकेका छन् । तीन जनामा कसले उपाधि चुम्ला भन्ने बिषयमा सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । सामाजिक सञ्जालमा सबैभन्दा धेरै भरतमणीको पक्षमा मत देखिन्छ । तर, कसलाई कति भोेट आउँछ भन्ने कुराले जितको निर्धारण गर्ने भएको हुदाँ कस्ले जित्छ भन्नेकुरा नतिजा घोषणापछि मात्र थाहा हुनेछ । 

विजेताले नगद  २५ लाख, कार र अन्य थुप्रै आकर्षक उपहारहरु पाउनेछ । साथै, दास्रो स्थान बनाउनेलाई बाइक र तेस्रोलाई स्कुटर दिइने च्याम्पियन टिमले बताएको छ ।