|  

भरतमणि पौडेलले जिते कमेडी च्याम्पियन-२ को उपाधि

३ असोज, काठमाडौं । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’को उपाधि भरतमणि पौडेलले जितेका छन् ।

शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेका हुन् । विजेता पौडेलले कार र २५ लाख नगद समेत प्राप्त गरे । विजेताको घोषणा लोकप्रिय हास्य कलाकार जोडी मह अर्थात मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले गरेका थिए ।

फाइलनमा भरतमणिले प्रतियोगी घरबेटी, गोकुल बास्कोटा, भिम रावल, प्रचण्डलगायतको बिषयमा ब्याङ्ग्य गरेका थिए ।

 
फाइनलमा पौडेल सहित सन्तोष थापा र विक्की अग्रवाल छानिएका थिए । ताप्लेजुङका भरतमणि उत्कृष्ट ४ को प्रस्तुतिमा पुर्व युवराज पारस शाहको गटेअपमा उत्कृष्ट प्रस्तुति दिदै ‘पफमर अफ द राउण्ड’ मार्फत फाइनलमा पुगेका थिए ।

पौडेल ‘उत्कृष्ट क्यारिकेचर’, ‘हुबहु अभिनय’, ‘भेराईटीज अफ कन्टेन्ट’ र ‘पफर्मेन्समा कन्फिडेन्स’ रहेका प्रतियोगी हुन् । शोमा  ‘घरबेटी र डेराबाल’, ‘डाक्टर साहेब’, ‘जेष्ठ नागरिक दुःख’, ‘पत्रकारको कथा’, ‘पुर्व युवराज पारसको क्यारिकेचर’ लगायत उनका प्रस्तुतिले दर्शकका मनमा गहिरो छाप पारेको छ ।