|  

पोखरीमा डुबेर दुई बालकको मृत्यु

३ असोज, काठमाडौँ  । वीरगञ्जमा पोखरीमा डुबेर  दुई बालकको मृत्यु भएको छ ।  वीरगञ्ज महानगरपालिका–१२ मुर्लीमा रहेको पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका–१५ निवासी उमेश शाहका छोरा १३ वर्षीय प्रितम गुप्ता र दिनेश शाहका १७ वर्षीय छोरा आशिषकुमार शाहको पोखरीमा डुबेर मृत्यु भएको हो।

शनिबार दिउँसो दुवै बालक घरबाट हराएका थिए। हराएको भनी प्रहरीमा आफन्तले खबर गरेपछि खोजतलास गर्ने क्रममा दुवै बालकको शव मुर्लीस्थित पोखरीमा फेला परेको पर्सा प्रहरीले जनाएको छ ।