|  

भोलिदेखि भेरोसेलको पहिलो मात्रा दिइदै, कुन कुन जिल्लामा लगाइँदै छ त ?

३ असोज, काठमाण्डौ । सरकारले भोलिदेखि आगामी १४ गतेसम्म १८ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा दिँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० वटा जिल्लामा १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइँदैछ । ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्ला, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै नागरिकलाई खोप दिने जनाएको छ ।

त्यस्तै काभ्रे र चितवनका ३५ वर्षमाथिका खोप लगाउने बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने छ । काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा भने ४० वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने छ ।

माथि उल्लेखित जिल्ला बाहेक मनाङ, मुस्ताङ र रुकुमपूर्वबाहेक अन्य ५५ जिल्लामा भने ४५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पहिलो मात्रा असोज ४ देखि १४ सम्म खोप लगाएकालाई दोस्रो मात्रा कात्र्तिक ४ देखि १४ सम्म लगाइनेछ ।