|  

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ सर्वसाधारणमा असोज ११ देखि निष्कासन हुँदै

३ असोज, काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले यही असोज ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारण्मा कुल रू ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ जारी गर्ने भएको हो ।

निष्कासन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुने ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

यो शेयर छिटोमा असोज १४ गतेसम्म विक्रीमा रहनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असोज २५ गतेसम्म विक्री खुला गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीको आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यसैगरी मेरो सेयरबाट समेत आवेदन दनि सकिने जनाइएको छ।