|  

इन्द्रजात्राको अवसरमा गायन तथा नृत्य प्रतियोगिता हुने

३ असोज, काठमाण्डौ । इन्द्रजात्राको अवसरमा ललितपुरमा वडाब्यापी गायक तथा नृत्य कलाकारहरुको प्रतिस्पर्धा हुने भएको छ ।

महानगरपालिका वडा १६ को आयोजनामा उक्त प्रतिस्पर्धा हुने भएको हो । ललितपुर महानगरपालिका वडा १६ ले पुनःनिर्माण गरेको नागबहाल स्थित गगन बाटिका उद्घाटन तथा कलाकार समितिका पदाधिकारीहरुको परिचय गराउन आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको बताइएको छ ।

१६ वडा कलाकार समितिले संचालन गर्ने यस प्रतिस्पर्धामा सहभागी हुन वडाका गायक तथा नृत्य कलाकारहरुले आफ्नो गायन तथा नृत्यको भिडियो तयार गरी कलाकार समितिको इमेलमा अथवा वडामै बुझाउन सकिने आयोजकले जनाएको छ ।

यस प्रतिस्पर्धामा प्रथम हुनेहरुलाई जनही २५ हजार, दोश्रो हुनेहरुलाई १५ हजार, तेश्रो हुनेहरुलाई १० नगद पुरस्कारसहित अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ ।