|  

 स्मार्ट कार 'जीभी ६०' मा फेस कनेक्ट टेक्नालोजी

३ असोज काठमाडौं । हुन्डाई मोटर ग्रुपको लक्जरी भेइकल डिभिजन जेनेसिसले बजारमा ल्याउने घोषणा गरेको स्मार्ट कार जीभी६० मा फेस कनेक्ट टेक्नालोजीको प्रयोग गर्ने घोषणा गरेको छ मानिसको अनुहार पहिचान गरेरै कारको ढोका खोल्न सकिनेछ ।

आगामी सन् २०२२ को प्रारम्भमा बजारमा ल्याउने बताइएको यो गाडीमा भएको नयाँ प्रविधि निकै नै सानदार हुनेछ ।फेस कनेक्ट टेक्नोलोजीमा प्रयोग हुने नियर इन्फ्रा रेड एनआईआर क्यामेराको प्रयोग गरी अँध्यारोमा पनि काम गर्नेछ र पहिले नै पहिचान भएको चेहरा हो वा होइन भन्ने पत्ता लगाउने छ । 

गाडीको ढोका खुले पश्चचात गाडीको सिट, स्टेयरिङ ह्विल, हेडअप डिस्प्ले, साइड मिरर र इन्फोटेनमेन्ट सिस्टम आदि आफै नै एड्जस्ट हुनेछन् ।

जेनेसिसको जीभी६० मा फिंगरप्रिन्ट सुविधा पनि उपयोग गर्न सकिने छ । बायोमेट्रिक स्क्यानर उपयोग गरी यसको प्रयोग गर्न सकिने छ । कारको भित्र चाबी छुटे पनि फिंगरप्रिन्ट प्रयोग गरी गाडीको ढोका खोल्न सकिने छ । 

त्यसैले चाबी नभएको अवस्थामा अनुहार देखाएर वा फिंगरप्रिन्ट प्रयोग गरेर दुवै तरिकाले ढोका खोल्न सकिने छ ।