३ असोज, काठमाडौं । शंखरापुर नगरपालिकाको श्री भगवती उच्च माध्यामिक विद्यालयमा मनोपरामर्श कक्षको उद्घाटन गरिएको छ।
नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले उक्त मनोपरमार्श कक्षको उद्घाटन गरेका हुन्। सम्भाव्य फाउण्डेसनले विद्यालयमा मनोपर्श कक्ष बनाएको हो।
साँखुमा रहेको यस विद्यालयमा कक्षा १२ सम्मका विद्यार्थीहरु अध्ययन गर्दछन्। राम्रो शिक्षाको साथै विद्यार्थीहरुको मानसिक स्वास्थ्य पनि राम्रो हुने जरुरी भएकोले विद्यालयमा मनोपरामर्श कक्ष बनाइएको विद्यालयका प्रध्यानाध्यापक अनुप श्रेष्ठले बताए। उनले यसमा सहयोग गरेको भन्दै सम्भाव्य फाउण्डेसनलाई धन्यवाद पनि दिए।
त्रीनगर किर्तिपुरस्थित सम्भाव्य फाउण्डेशनले नेपालभरिका विद्यालयमा ‘हरेक विद्यालयमा कम्तीमा एकजना मनोसामाजिक परामर्शदाता हुनैपर्छ’ भन्ने नारासहित सामुदायिक विद्यालयहरुमा निःशुल्क मनोपरामर्शदाता उपलब्ध गराउने अभियान चलाइरहेको छ।
यस अभियान अन्तर्गत सम्भाव्यले नेपालमै पहिलोपटक दुई सामुदायिक विद्यालयमा मनोपरामर्श कक्ष स्थापना गरिसकेको छ। फाउण्डेसनले सिन्धुपाल्चोक तालामाराङस्थित तेर्से माध्यमिक विद्यालय र बाउनपाटीस्थित जालपादेवी माध्यमिक विद्यालयमा मनोपरामर्श कक्ष स्थापना गरिसकेको छ।