|  

मुम्बईमाथि चेन्नईको जितसँगै चेन्नई शीर्षस्थानमा

४ असोज, काठमाडौँ ।  ईन्डियन प्रिमियर लिग क्रिकेट ९आईपीएल० टी(ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई हराएको छ ।

दुबईमा आइतबार राति चेन्नईले साविक विजेता मुम्बईलाई २० रनले हराएको हो । 

चेन्नईले मुम्बईलाई पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३६ रन बनायो ।

मुम्बईका लागि सौरभ तिवारीले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले।यस्तै क्विन्टन डी ककले १७ रन जोड्दा अनमोलप्रित सिंहले १६ रन बनाए । एडम मिल्नेले १५ रनमा बनाए ।चेन्नईका ड्वाने ब्राभोले ३ तथा दिपक चाहरले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।चेन्नईका रुतुराज गायकवाडले अविजित रहदै ८८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रविन्द्र जडेजाले २६ रन जोड्दा ड्वाने ब्राभोले २३ रन बनाए ।

मुम्बईका ट्रेन्ट बोल्ट, एडम मिल्ने र जस्प्रित बुम्राहले २र२ विकेट लिए ।यस जितसँगै चेन्नईले ८ खेलमा १२ अंक जोडेको छ ।