|  

आईपीएल : आरसीबी र केकेआरको म्याच आज 

४ असाेज, काठमाडौं । १४औँ सिजनको आईपीएलमा आज रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) र कोलकाता नाइटराइडर्स (केकेआर) खेल्दै छन् ।

यी दुई टोलीबीचको खेल साँझ ७ः४५ बजेदेखि सुरू हुनेछ । आरसीबीले ७ म्याच खेल्दा पाँचमा जित र दुई खेलमा हार ब्यहोरेको छ ।

हालसम्म आरसीबीले उपाधि जित्न सकेको छैन । दुई पटक फाइनलामा पुग्दा आरसीबी उपाधि हात पार्न चुकेको हो ।

आईपीएल २०२१ मा आरसीबीलाई उपाधि दाबेदार टिमका रूपमा हेरिएको छ । यो पटक आरसीबीमा ग्लेन म्याक्सवेल, कायल जेमिसनलगायत स्टार खेलाडी जोडिएका छन् ।

केकेआरविरुद्ध आरसीबी हाबी नै रहेको देखिन्छ । पछिल्ला ५ खेलमा उसले ४ म्याचमा केकेआरलाई हराएको छ ।

केकेआर दुई पटकको विजेता टोली हो । उसले ७ खेलमा ५ हार र दुई म्याचमा मात्र जित हासिल गरेको छ । केकेआर अंक तालिकाको सातौं स्थानमा छ ।

आरसीबीको सम्भावित-११ : विराट कोहली (कप्तान), देवदत्त पडिक्कल, रजत पाटीदार, ग्लेन म्याक्सवेल, एबी भिडिलियर्स (विकेटकीपर), शाहबाज अहमद, वानिन्दु हसरंगा, हर्षल पटेल, काइल जेमिसन, युजवेन्द्र चहल र मोहम्मद सिराज ।