|  

बैंगलोरको कप्तानबाट पनि विराटले राजीनामा दिने

४ असोज, काठमाडौँ । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेट टिम रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीले पद छाड्ने घोषणा गरेका छन् ।  

काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी_ट्वान्टी क्रिकेट टिम रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीले पद छाड्ने घोषणा गरेका छन् ।  भारतीय क्रिकेट टिमका कप्तान समेत रहेका कोहलीले आइतबार कप्तानी छाड्ने घोषणा गरेका हुन् ।

यद्यपि‚ एक दिवसीय र टेस्टको कप्तानी भने जारी राख्ने छन्। विराटले आफू ब्याटिङमा ध्यान दिनका लागि राजीनामा दिएको बताएका छन्। उनको पछिल्लो दुई वर्षमा ब्याटिङ फर्म कमजोर भएको छ। उनी लामो समयदेखि अन्तर्राष्ट्रिय सतकविहीन छन्।

ब्याट्सम्यान कोहलीले आईपीएलको यस सिजनको समाप्तिसँगै कप्तानी छाड्ने बताएका छन् ।कोहली सन् २०१३ बाट बैंगलोरको कप्तान रहेका छन् ।

काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेट टिम रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीले पद छाड्ने घोषणा गरेका छन् ।  

भारतीय क्रिकेट टिमका कप्तान समेत रहेका कोहलीले आइतबार कप्तानी छाड्ने घोषणा गरेका हुन् ।

ब्याट्सम्यान कोहलीले आईपीएलको यस सिजनको समाप्तिसँगै कप्तानी छाड्ने बताएका छन् ।

कोहली सन् २०१३ बाट बैंगलोरको कप्तान रहेका छन् ।कोहलीको कप्तानीमा बैंगलोरले १ सय ३२ खेलमा ६२ जित निकालेको छ । ६६ खेलमा पराजित हुँदा ४ खेल नतिजा विहीन सकिएको छ ।

कोहलीले गत साता भारतको टी-ट्वान्टी टिमको कप्तानी छाड्ने घोषणा गरेका थिए ।

कोहलीले युएई र ओमानमा आयोजना हुने टी-ट्वान्टी विश्वकपपछि आफु टी-ट्वान्टीको कप्तान नहुने बताएका छन् ।

कोहलीले यस अघि भारतीय टिमको तीनै फर्म्याटको कप्तानी गरिरहेका थिए ।