|  

पोखरीमा भेटियो आमा-छोराको शव

४ असाेज, काठमाडाैँ । धनुषाधाम नगरपालिका-२ स्थित २८ वर्षीया अर्चना सिंह र उनका ४ वर्षीय छोरा कुशकुमार सिंहको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ।

स्थानीयले पोखरीमा शव तैरिरहेको देखेपछि इलाका प्रहरी कार्यालय धनुषाधामलाई खबर गरेको थियो। 

पारिवारिक विवादका कारण अर्चनाले छोरालाई लिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन्। पारिवारिक  विवादबारे अहिलेसम्म केही बुझ्न नसकिएको घटनास्थलमा खटिएका प्रहरीको भनाइ छ।

शव पोखरीबाट निकालिएको  र घटनाबारे थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायव उपरिक्षक जितेन्द्र बस्नेतले बताए।