|  

मदनकृष्ण र गौरीको ‘सुनको कचौरी’

४ असोज काठमाडौं । मदनकृष्ण श्रेष्ठ र मिलन नेवारको स्वरमा रहेको गीत ‘सुनको कचौरी’ सार्वजनिक भएको छ । देवीथान म्युजिकको प्रस्तुतिमा तयार भएको गीतमा राजनराज शिवाकोटीको शब्द र संगीत छ ।

गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ र गौरी मल्ल फिचर्ड छन् । राजेश पुमा राईले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र सन्तोष राजबाहकको कोरियोग्राफी छ ।

राजधानीमा आइतबार आयोजित गीत रिलिज कार्यक्रममा उद्योगपति डा। विनोदकुमार चौधरीलाई सम्मान गरिएको थियो। 

त्यस्तै नीर शाह, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठलगायतका व्यक्तिलाई पनि सम्मान गरिएको थियो ।