|  

१४ सांसदलाई कारबाही नगरेसम्म आन्दोलन जारी 

४ असोज, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नि सापकोटाले न्याय नगर्दासम्म आन्दोलन जारी रहने बताएका छन् ।

सभामुखको कार्यशैली र एमाले प्रतिको भेदभावको कारण आन्दोलित हुनुपरेको भन्दै उनले सभामुखले न्याय नगरेसम्म संसदको अवरोध जारी रहने बताएका हुन् । संसदमा सत्तापक्ष र सभामुखले निकास दिनुपर्ने उनको भनाइ छ । बजेटबारे प्रमुख प्रतिपक्षीसँग सामान्य संवाद पनि नगरी जर्बजस्ती रुपमा ल्याइएको उनले आरोप लगाए ।

एमालेले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई कारबाही गरेको सूचना सभामुखले नटाँसे सम्म वा मार्ग प्रशस्त नगरेसम्म आफूहरूको अवरोध कायमै रहने उनले बताए ।