|  

‘युवासँग महालक्ष्मी लाइफ’

४ असोज, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ‘युवासँग महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियान सुरु गरेको छ ।

धुलिखेलको धुलिखेल लज रिसोर्टमा असोज २ र ३ गते आयोजित राष्ट्रिय सम्मेलनमा दुई वर्षे अभियानको उद्घाटन गरिएको हो ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभियान सुरु गरिएको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई जानकारी दिए ।

दुई दिने सम्मेलनमा मेची देखि महाकाली सम्मका ९० भन्दा बढी युवा अभिकर्ता र अधिकृत कर्मचारीहरुको उपस्थिति रहेको थियो । ‘काम गरी आय आर्जन गरौं – बीमा गरी सुरक्षित बनौं’ भन्ने मूल नारालाई लिएर बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम मार्फत युवा माझ गई बेरोजगार र कामको खोजीमा रहेका युवालाई आर्थिक रुपमा सक्रिय पार्ने लक्ष्य रहेको छ ।

सम्मेलनमा महालक्ष्मी लाईफ इन्स्योरेन्सका संचालक तथा एम्विसन कलेजका प्रमुख शुरेश सापकोटा, प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई तथा बीमा क्षेत्र संग दुई दशक देखि जोडिनु भएका स्वास्थ्य बीमा वोर्डका कार्यकारी निर्देशक, बीमा विज्ञ डा. दामोदर बस्यौलाले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।