|  

दिनेश गौतमको स्वरमा सर्जित‘चरी’ बोलको गीत सार्वजनिक 

४ असोज, काठमाण्डौ । ‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेलको ‘चरी’ बोलको गीत सार्वजनिक भएको छ ।

आज राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको उक्त गीतमा गायक दिनेश गौतमको स्वर, प्रकाश सापकोटाको शब्द र पुस्तक प्रसादको संगीत रहेको छ ।

मानिसको बह पोख्ने माध्यमको रुपमा चरालाई प्रस्तुत गरिएको उक्त गीतमा उदयराज पौडेलको एरेञ्ज रहेको छ । भिडियोमा गायक गौतम नै फिचर्ड छन् । भिडियोमा अर्जुन तिवारीको छायांकन, सोहन मानन्धरको सम्पादन छ ।

द भ्वाइस अफ नेपाल’ को स्टूडियोमा खिचिएको भिडियो गोल्डेन हार्ट पिक्चरले बनाएको हो ।