|  

दार्चुला केन्द्र बनाएर भूकम्पको धक्का

४ असोज काठमाडौं । पश्चिम नेपालको दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।
दार्चुलाको खार्रालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार अपराह्न चार बजेर ३० मिनेटमा धक्का महसुस गरिएको हो। भूकम्पको धक्का बैतडी,डडेल्धुरा,डोटी लगायत आसपासका जिल्लामा पनि महसुस गरिएको स्थानीय प्रशासनले जनाएको छ।