|  

नेरुडे लघुवित्तको बोनस सेयर डिम्याट खातामा जम्मा

४ असोज, काठमाडौं । नेरुडे लघुवित्तले ८% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत फागुन ६ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो ।

तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।

नेरुडेको फागुन २२ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ८% बोनस सेयर र कर प्रयोजनको लागि ०.४२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।