|  

सरकारले सञ्चालन गर्दै ‘पढ्दैः कमाउँदै’ कार्यक्रम 

२३ असोज, काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले सरकारले ‘पढदैः कमाउँदै’ भन्ने कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जानकारी दिएका छन् ।

आज काठमाडौंमा आयोजित ‘कोरोना महामारीमा शैक्षिक रुपान्तरण विषयक’ छलफल कार्यक्रममा बोल्दै उनले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि आफूले सो कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन् ।

यस कार्यक्रमले मुलुकको शैक्षिक क्षेत्र र आर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे । अर्थमन्त्री शर्माले सरकारले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि जोड दिइरहेको दोर्होयाए । उनले नेपालको विकास मोडल समुदायमा आधारित हुनुपर्ने आवश्यकता औंल्याए ।

उनले शिक्षा क्षेत्रमा लगानी बढाउन आफूले राजस्व संकलन वृद्धि गर्न जोड दिएको पनि बताए ।