|  

विवादले हामीलाई माथि हैन् तल झार्छः निता ढुङगाना

२४ असोज, काठमाण्डौ । नायीका निता ढुङगानाले आफ्नो रगतमा अभिनय रहेकाले अभिनय छाड्नै नसक्ने बताएकी छिन् ।

हेर्डलाइन नेपालको हेर्डलाइन विशेषमा कुरा गर्दै उनले यस्तो बताएकी हुन् । जिवनमा राम्रा मात्र हैन नराम्रा पनि समय आउने भन्दै उनले सुख र दुःख भनेको एक अर्काको परिपुरक रहेको बताइन् ।

राम्रो नराम्रो भनेको कुनै ब्यक्तिको ब्यक्तित्वले झल्काउने भएकाले अभिनयले मानिसलाई सुन्दर बनाउने उनको धारणा छ । उनले महानायक र महानायीकाको विवादले आफु हैरान भएको बताएकी छिन् । उनले यो विषयमा भन्दा पनि फिल्म क्षेत्रलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने कुरामा ध्यान दिन पनि आग्रह गरिन् ।