|  

फ्रान्सलाई नेसन्स लिगको उपाधि

२५ असोज, काठमाडौँ । फ्रान्सले युइएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ। आइतबार राति भएको फाइनलमा स्पेनलाई २(१ गोल अन्तरले पराजित गर्दै फ्रान्स च्याम्पियन बनेको हो।

फ्रान्सलाई उपाधि दिलाउन करिम बेन्जिमा र केलियन एमबाप्पेले एक एक गोल गरे। स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए।

खेल सुरुआती अग्रता भने स्पेनले बनाएको थियो। खेलको ६४औं मिनेटमा मिकेलले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। तर, खेलको ६६औं मिनेटमा बेन्जिमाले गोल गर्दै फ्रान्सलाई १(१ गोलको बराबरीमा ल्याए।

त्यसपछि खेलको ८० औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २(१ को जित दिलाए। फ्रान्सका केलियन एमबाप्पेले सर्वाधिक गोलकर्ताको उपाधि जिते। उनले २ गोल र २ असिस्ट गरेका थिए। एमबाप्पेले स्पेनका फेरान टोरेस र आफ्नै देशका करिम बेन्जिमालाई पछि पार्दै उपाधि जितेका हुन्।