|  

आगामी वैशाखमा ‘चिसो मान्छे’ रिलिज हुने

२५ असोज, काठमाण्डौं । नायीका स्वस्तिमा खड्का र नायक अर्पण थापाको मुख्य भूमिका रहेको चलचित्र ‘चिसो मान्छे’ले आगामी बैशाख ३० गतेबाट रिलिज हुने भएको छ ।

निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको उक्त चलचित्रको प्रदर्शन मिति तय भएको हो । शर्मिला पाण्डेको निर्माणमा तयार भएको यो चलचित्रमा नायिका खड्का र नायक थापा मुख्य भूमिकामा छन् ।

यो चलचित्रको छायांकन काठमाडौंदेखि जुम्लासम्म गरिएको छ । चलचित्रले वैदेशिक रोजगारमा जाने श्रीमान र एक श्रीमतीको कथा देखाएको छ । चलचित्र ‘चिसो मान्छे’लाई उत्कृष्ट बनाउन आफूहरुले कुनै कसर बाँकी नराखेको दीपेन्द्रले बताए ।

यसअघि दीपेन्द्रले बनाएका ‘पशुपतिप्रसाद र आमा’ जस्ता चलचित्र दर्शकले निकै नै मन पराएका थिए । उनले यो चलचित्रलाई पनि दर्शकले उत्तिकै माया दिने आशा ब्यक्त गरे ।